११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

अ+ अ-

टीकापुर । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीय स्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।

एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशभरिका एम्बुलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका छन् ।

प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोत व्यक्ति उत्तम उपाध्याय आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको बताए । 

“प्रणालीमा जोडिएका एम्बुलेन्स कुन अवस्थामा र कहाँ छन् भन्ने जानकारी सहजै प्राप्त हुनेछ”, उपाध्यायले भने, “कुनै बिरामीलाई एम्बुलेन्स चाहिए १०२ मा फोन गरेपछि नजिकै रहेको एम्बुलेन्स सो बिरामीलाई लिन जान्छ, जिपिएसमा जडान भएपछि कुनै पनि एम्बुलेन्सले खाली छैनौँ, टाढा छौँ भनेर बिरामीलाई झुक्क्याउन सक्दैनन् ।”

एम्बुलेन्समा जिपिएस प्रविधि जोडिएपछि सेवाग्राहीले कन्ट्रोल रुममा फोन गरेर आफ्नो नजिकमा रहेका एम्बुलेन्सबाट तत्काल सेवा पाउन सक्नेछन् । जिपिएस नेटवर्किङमा आएपछि सेवाग्राहीले १०२ नम्बरमा फोन गरे नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी प्राप्त गर्ने छन् । सुदूरपश्चिममा १०२ मा फोन उठ्न सुरु भइसकेकाले अबका केही दिनमा यो प्रणाली सुरु हुने उपाध्यायले बताए । 

“बाँकी रहेका एम्बुलेन्सलाई पनि यही महिनाभित्र प्रणालीमा दर्ता गर्ने गरी काम भइरहेको छ, पहिले तोकेको समयमा नआएकाहरू छुटेका हुन्, फेरि पाँच दिनको समय दिँदैछौ”, उनले भने, “यसबाट बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन छिटोछरितो एम्बुलेन्स सेवा प्राप्त हुनेछ, साथै बिरामीले सहज उपचार सेवा पाउनसमेत सहयोग पुग्नेछ ।”

एम्बुलेन्सलाई सुविधाका आधारमा ‘क’, ‘ख’ र ‘ग’ गरेर तीन समूहमा वर्गीकरण गरिएको छ । कैलालीको टीकापुर क्षेत्रमा मात्रै ख र ग वर्गमा ११ एम्बुलेन्स सञ्चालनमा छन् । टीकापुर अस्पतालका एम्बुलेन्स चालक कृष्णबहादुर शाही लामो समयदेखि एम्बुलेन्स चालकका रूपमा कार्यरत छन् । विगतमा आफू चालक हुँदा एक्लैले धेरै टाढासम्मका बिरामी बोक्नुपरेको अनुभव रहेका कृष्णले आजभोलि धेरै सहज भएको बताए । 

“मैले चालकको काम गर्न थालेको दशक बढी भयो, विगतमा म एक्लैले बर्दिया जिल्ला, सुदूरपश्चिमका धेरै जिल्लाका बिरामी बोक्नुपर्‍यो”, शाहले भने, “आजभोलि एम्बुलेन्स धेरै भएपछि सहज भएको छ, धेरै टाढाका बिरामी बोक्नुपर्दैन ।”

नेपाल रेडक्रस सोसाइटी टीकापुरले सञ्चालन गरिरहेको एम्बुलेन्स आठ महिनाअघि नै जिपिएस प्रणालीमा दर्ता भएको छ । प्रणालीमा दर्ता भए पनि लागू नभएको चालक मुक्ति भट्ट चन्दले बताए । “भनेकै समयमा दर्ता भयौँ, तर प्रणाली सुरु भएको छैन”, उनले भने, “सबैलाई प्रादेशिक एम्बुलेन्स केन्द्रले कन्ट्रोल गर्ने बताइएको छ, नियममा बाँधिनु राम्रै हुन्छ ।”

एकता बचत समाज टीकापुरले सञ्चालन गरेको एम्बुलेन्स भने जिपिएस प्रणालीमा अझैँ दर्ता भएको छैन । दुई पटकसम्म दर्ताका लागि धनगढी गए पनि दर्ता हुन नसकेको चालक दीपक बोहराले बताए । 

“दर्ता गर्ने समय घर्किएकाले जडान हुन सकेको छैन”, उनले भने, “अब जडानका लागि खबर गर्छौँ भन्नुभएको छ ।” जिपिएस प्रणालीमा एम्बुलेन्स जडान कार्यले १० वर्ष पुराना एम्बुलेन्स र काजगात बिना चलिरहेका एम्बुलेन्सलाई कडाइ गर्न सहयोग पुग्ने बताइन्छ । 

प्रतिक्रिया दिनुहोस