काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ ४३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६३ रुपैयाँ ७२ पैसा रहेको छ भने अस्ट्रेलियन डलर एकको खरिद दर ८५.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.३१ रुपैयाँ रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा पुग्दा साउदी रियाल एकको खरिद दर ३५.१५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३१रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.६५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
