काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ९१ पैसा र बिक्री दर १३२ रुपैयाँ ५१ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ३५ पैसा र बिक्री दर १४१ रुपैयाँ ९९ पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
