१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नमोबुद्धमा ग्रामीण चलचित्र महोत्सव हुँदै

अ+ अ-

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरमा तीन दिने ग्रामीण चलचित्र महोत्सवको आयोजना गरिने भएको छ । ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा यही जेठ अन्तिम साता उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।

चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’को प्रदर्शनीसमेत गरिने छ । यही जेठ २५, २६ र २७ गते खुलारूपमा चलचित्र प्रदर्शन गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार ग्रामीण मानिसलाई ग्रामीण परिवेशका चलचित्र देखाउने अर्को उद्देश्य हो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिने उनले बताए । साथै महोत्सवमा सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित चलचित्रका समीक्षासमेत गरिने योजना बनाइएको छ ।

संस्थाले यसअघि गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सवको आयोजना गरेको थियो । महोत्सव आयोजनाले स्थानीयलाई मनोरञ्जनसँगै चलचित्रप्रतिको चासो तथा सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र नमोबुद्धमा चलचित्र छायाङ्कनमा आकर्षण बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस