काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु भएको छ । समितिको पहिलो बैठक सिंहदरवारमा सुरु भएको हो ।
बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी भएका छन् ।
गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुङ्ग्याउन दलहरूलाई निर्देशन दिएका थिए ।