८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी सञ्चय कोषको उपचार खर्च पति पत्नी दुबैले पाउने 

अ+ अ-

काठमाडौँ । कर्मचारी सञ्चय कोषका बचतकर्ताले पाउने उपचार खर्चलाई दम्पतीमा विस्तार गरिएको छ । सरकारले यसअघि सम्बन्धित बचतकर्ताले मात्रै बिरामी वा घाइते भएमा पाउने उपचार खर्च अब पति वा पत्नी दुवैले समेत पाउने बनाएको हो । 

आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषबाट सञ्चालित सञ्चयकर्ता स्वास्थ्योपचार कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नी समेतलाई समावेश गर्ने व्यवस्था मिलाइने बताएका हुन् । 

बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आए पति सञ्चयकर्ता भए पत्नीले र पत्नी सञ्चयकर्ता भए पतिलेसमेत स्वास्थ्य उपचारको सुविधा पाउनेछन् । अहिलेसम्म सञ्चयकर्ताले मात्रै पाउँदै आएको उपचार खर्च पाउँदै आएका छन् । 

सञ्चयकर्ताले सामान्य रोग लागेमा वर्षको १ लाख र जटिल रोग लागेमा सेवा अवधिभर १० लाख रुपैयाँ उपचार खर्च बापत पाउने गरेको कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले बताए । 

बजेट वक्तव्यमार्फत गरिएको नयाँ व्यवस्था अनुसार पति वा पत्नी जो सञ्चयकर्ता भए पनि दुवैले खर्च पाउने गरी सुविधा विस्तार भएको प्रवक्ता सुवेदीको भनाई छ । 

हाल साढे पाँच लाख बढी सञ्चयकर्ताहरू कर्मचारी सञ्चय कोषमा आबद्ध रहेका छन् । 

प्रतिक्रिया दिनुहोस