११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर, गैरकानुनी सम्पत्ति साढे चार करोड 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय बीरगञ्जका पूर्व वरिष्ठ निरीक्षक शशी भूषण कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

झन्डै साढे चार करोड गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मङ्गलवार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

सार्वजनिक सेवामा कार्यरत रहँदा अनुचित लाभ लिएर गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारको दाबी छ। 

अख्तियारले उनी सार्वजनिक सेवा प्रवेश गरेको ८ जेठ ०४६ देखि ०७९ असार मसान्तसम्मको आम्दानी र खर्च तथा लगानीको विश्लेषण गरेको थियो। 

उक्त अवधिमा उनको समग्र आयव्ययको विश्लेषण गर्दा खर्च तथा लगानीतर्फ आफू र एकासंगोलका परिवारको नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिद, बिमाको प्रिमियम भुक्तानी, सेयर खरिद, अध्ययन खर्च, विदेश भ्रमण, ऋण र सापटीको साँवाब्याज भुक्तानी, पारिवारिक घरखर्च, विभिन्न शीर्षकमा राजस्व र कर तिरेको र बैंक मौज्दातसमेत गरी कुल सात करोड २४ लाख ५६ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ। 

सोही अवधिमा उनको पारिश्रमिक र तलबबाट जीवन निर्वाह खर्च कटाई बचत, जग्गा बिक्री, श्रीमतीको पारिश्रमिक बचत, कृषि आयबाट बचत, घरभाडा, बुहारीको पारिश्रमिक बचत, बिमा फिर्ता, विदेश तालिम आयबाट बचत, ऋण सापटी, उपचार खर्च, सञ्चित बिदाको रकम, कर्मचारी सञ्चय कोष फिर्ता रकम, नागरिक लगानी कोष, श्रीमतीको अवकाशबाट प्राप्त रकम, निजको पेन्सन आयबाट बचत र छोराको तलब बचतसमेत गरी जम्मा दुई करोड ७७ लाख २२ हजार आय आर्जन देखिएको थियो। 

सम्पत्ति जफत प्रयोजनका लागि अख्तियारले उनकी पत्नी रिता रानी र पुत्रद्वय अविनाश यादव र विकास यादवलाई पनि प्रतिवादी कायम गरेको छ।

प्रतिक्रिया दिनुहोस