काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३२ रुपैयाँ ०४ पैसा र बिक्री दर १३२ रुपैयाँ ६४ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ६९ पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ।
त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०६ पैसा र बिक्री दर १६४ रुपैयाँ ८१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
