काठमाडौँ । सत्तारुढ नागरिक उन्मुक्ति पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर न्याय गरेको प्रतिक्रिया दिएको छ ।
राष्ट्रपति पौडेलले बुधबार विधेयक प्रमाणीकरण गरेपछि उन्मुक्ति पार्टीका सचेतक गंगाराम चौधरीले अन्याय भएकाहरूलाई न्याय भएको प्रतिक्रिया दिएका हुन् ।
उनले नागरिकता नहुँदा युवाहरूलाई अप्ठ्यारो परेको भन्दै राम्रो काम भएको बताए ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक रोकेकी थिइन् ।