१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोटको तयारीका लागि नेपालले दक्षिण अफ्रिकामा ४ अभ्यास खेल खेल्ने

अ+ अ-

काठमाडौँ । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम मङ्गलवार राति दक्षिण अफ्रिका प्रस्थान गरेको छ। 

नेपाली टिमले दक्षिण अफ्रिकामा दश दिन अभ्यास गर्ने कार्यक्रम छ। त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा स्थानीय टिम गरी चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। 

नेपाली टिम प्रशिक्षक मोन्टी देसाई र स्पिनर सन्दीप लामिछानेबिना दक्षिण अफ्रिका गएको छ। अमेरिकामा रहेको बेला देसाइले उतैबाट भिसा प्रक्रिया अघि बढाएका थिए। तर उताबाट भिसा नपाएपछि उनी भारत फर्किएर भिसा प्रक्रिया अघि बढाएका छन्। देसाई भिसा लागे लगत्तै दक्षिण अफ्रिका जानेछन्। 

घोषणा गरिएको १६ सदस्यीय टिममा रहेका सन्दीप भने अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका नगएका हुन्। नाबालिक बलात्कारको अभियोग लागेका सन्दीप अदालतको पेशीका कारण दक्षिण अफ्रिका नगएको क्यानको भनाइ छ। अर्को हप्ता हुने पेशीबाट फैसला आएको अवस्थामा उनी जाने–नजाने टुंगो लाग्नेछ।

नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि दक्षिण अफ्रिकाबाटै जिम्बावे पुग्नेछ। जिम्बावे पुगेपछि नेपालले ओमान र युएईसँग वार्मअप खेल खेल्नेछ।

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। समूहमा नेपालसहित, दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। 

नेपालले आफ्नो पहिलो खेल १८ जुनमा (असार ३० आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुनमा (असार ५) अमेरिका, २२ जुनमा वेस्ट इन्डिज (असार ७) र २४ जुनमा (असार ९) नेदरल्यान्ड्ससँग खेल्नेछ।

पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्। 

सुपर सिक्समा एक समूहका तीन टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछन्। जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर(नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्।

विश्वकप छनोटका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो छन्।

प्रतिक्रिया दिनुहोस