६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई न्युयोर्क दिगो विकास सम्मेलनमा उपस्थिति जनाउन राष्ट्र सङ्घको अनुरोध

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय संयोजक हान्ना सिंगर हेम्डीले राष्ट्र सङ्घ सधैँ नेपालको विकास चाहने बताएकी छिन्। 

बुधबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई भेटेर हान्नाले नेपालको हित र विकासका लागि संयुक्त राष्ट्र सङ्घले सधैँ सहयोग गर्ने बताएकी हुन्। 

उनले दिगो विकास सम्मेलन तथा अतिकम विकसित मुलुकको हैसियतबाट स्तरोन्नतिको रणनीति तयारी नेपालको प्रशंसायोग्य रहेको बताइन्। 

नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मलुकमा स्तरोन्नति हुने क्रममा रहेको अवस्थामा आवश्यक सबै सहयोग र विकास साझेदारहरूबीच समन्वय गर्न इच्छुक रहेको उनको भनाइ थियो। 

आगामी सेप्टेम्बरमा न्युयोर्कमा दिगो विकासको लक्ष्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ। उक्त सम्मेलन सफल बनाउन नेपालले पनि आवश्यक सहयोग गर्न नेपाल संयोजक हान्नाले उपाध्यक्ष श्रेष्ठलाई अनुरोध गरेकी छिन्। 

दिगो विकास सम्मेलनमा नेपालको प्रभावकारी उपस्थितिका लागि आवश्यक तयारीका लागि सहयोग गर्नसमेत इच्छुक रहेको उनले बताइन् । भेटका क्रममा उनले स्केलिङ अफ न्युट्रेसन (एसयुएन) का प्रमुख नेपाल भ्रमण गर्न इच्छुक रहेकोसमेत बताएकी थिइन्। 

उपाध्यक्ष डा. श्रेष्ठले नेपालको विकासमा संयुक्त राष्ट्रसंघले हालसम्म पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद दिए। उनले नेपालले तयार गरिरहेको ‘स्मुथ ग्राजुएसन स्टेटिजी’ लाई अन्तिम रूप दिई सोको प्रभावकारी कार्यान्वयनका लागि कार्ययोजना तर्जुमाको प्रक्रिया सुरु गरिसकिएको बताए। 

यसका लागि आवश्यक सहयोग जुटाउन संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय संयोजकको कार्यालयले नेपालस्थित संयुक्त राष्ट्रसंघीय निकायहरूसँग समन्वय र सहयोगका लागि भूमिका खेल्ने अपेक्षा रहेको उपाध्यक्ष श्रेष्ठले बताए। 

उपाध्यक्ष श्रेष्ठले दिगो विकास लक्ष्य हासिल गर्दा नेपालको राष्ट्रिय विकास लक्ष्य हासिल हुने तथा राष्ट्रिय विकास लक्ष्य हासिल हुँदा दिगो विकास लक्ष्य प्राप्तिमा योगदान पुग्ने भएकाले यी दुवै विषय एक आपसमा परिपूरक भएको हुँदा यसमा नेपाल र संयुक्त राष्ट्रसंघको सहकार्य र साझेदारी महत्त्वपूर्ण हुने धारणा राखेका थिए। 

प्रतिक्रिया दिनुहोस