८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

अ+ अ-

काठमाडौँ । मलेसियाविरुद्धको पाँच खेलको टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको तेस्रो खेलमा नेपालले घरेलु टिम मलेसियालाई २७ रनले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ११० रन जोड्यो। नेपालका लागि सीता रानामगरले २१ रन जोडिन् भने ज्योति पाण्डेले २३ रनको योगदान गरिन्।

इन्दू बर्माले २० रन बनाउँदा कप्तान रुबिना क्षेत्रीले सबैभन्दा बढी २७ रन जोडिन्। रुबिनाले रनआउट हुनुअघि १५ बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।

बलिङमा मलेसियाकी निक नुरले २ विकेट लिइन्।

१११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो।

उसका लागि महिरा इस्माइलले नटआउट ४४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ५४ बलमा ६ चौका हिर्काइन्।

बलिङमा नेपालका कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट लिए।

यसअघि नेपाल पहिलो खेलमा पराजित हुँदा दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो। आजको जितसँगै नेपालले सिरिजमा २(१ को अग्रता लिएको छ।

सिरिजको चौथो खेल शनिबार तथा अन्तिम खेलमा आइतबार हुनेछ।

प्रतिक्रिया दिनुहोस