६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धुलोले आजित भएपछि स्थानीयद्वारा सडक अवरुद्ध

अ+ अ-

दमौली । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलाले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन् ।

धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो नियन्त्रणका लागि सम्बन्धित निकायले पहल नगरेको भन्दै स्थानीयले आज मुख्यसडकखण्ड केही बेर अवरुद्ध गरेका हुन् ।

धुलोका कारण स्वास्थ्यमा समस्या बढ्दै गएको र सम्बन्धित निकायले पानी हालेर धुलो नियन्त्रण नगरेका कारण बाध्य भएर केही बेर सडक अवरुद्ध गर्नुपरेको स्थानीय राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘विकास निर्माणका काममा धुलो उड्छ, तर त्यसलाई नियन्त्रणका लागि नियमित रूपमा पानी हाल्नुपर्‍यो, हामीले दबाब स्वरूप केही बेर सडक अवरुद्ध गरेका हौँ ।’ नियमित रूपमा पानी हालिदिए धुलो नउड्ने र सर्वसाधारणलाई सहज हुने उनको भनाइ थियो ।

स्थानीय कृष्ण श्रेष्ठले नियमित रूपमा पानी हालेर धुलो नउड्ने वातावरण बनाउनुपर्ने र आफूहरूको माग सुनुवाइ नभए थप आन्दोलन गर्ने बताए । राजमार्ग विस्तारको काम भइरहँदा तनहुँ खण्डका विभिन्न ठाउँमा धुलोले स्थानीय आजित छन् । धुलोका कारण राजमार्ग आसपासका सर्वसाधारण प्रत्यक्ष प्रभावित छन् । त्यसका अतिरिक्त हिँडडुल गर्ने सर्वसाधारण पनि समस्यामा पर्दै आएका छन् ।

यस्तै शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा धुलोले सर्वसाधारण आजित भएपछि विरोधमा उत्रिएका छन् । शुक्लागण्डकीअन्तर्गत खैरेनीटारदेखि कोत्रेसम्मको सडक खण्डमा बढी धुलो उडेर वातावरण दूषित भई स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि बाध्य भएर विरोध गर्नुपरेको सुशासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियानका संयोजक शङ्कर पन्तले बताए ।

उनले भने, ‘विगतमा पनि यस विषयमा कुरा उठाउँदै आएका हौँ, केही समय माग सम्बोधन भए पनि पछि उस्तै समस्या आइरह्यो, धुलोले साह्रै मर्का परिरहेको छ ।’ पन्तको नेतृत्वमा करिब ३० स्थानीय युवाले सडक निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) को ठेक्का पाएको चिनियाँ कम्पनीका प्रमुख चेन जुनताओ, सोही कम्पनीमा कार्यरत वातावरण इन्जिनियर शिव आशिष सिम्खडा, इन्जिनियर मनोज भट्टसहित बसेको बैठकले धुलो नियन्त्रणका लागि नियमित पानी हाल्ने सहमति गरेको छ ।

काम गर्दा धुलो उड्न नदिन तथा नियन्त्रण गर्न कोत्रेदेखि खैरेनीटार कुम्लेखोलासम्म नियमित रूपमा तीन पानीका ट्याङ्करको व्यवस्था गरी बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमति भएको पन्तले जानकारी दिए ।

तीन ट्याङ्करले अपुग भएमा थप ट्याङ्करको समेत व्यवस्था निर्माण कम्पनीले गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस