९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्ध सशक्त अभियान चलाउनुपर्ने अवस्था आइसक्यो : पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताएका छन्।

विकास प्रक्रिया, राजनीतिक प्रक्रिया र समाजको लोकतान्त्रीकरणको प्रक्रियालाई अघि बढाउन भ्रष्टाचार एकदमै घातक रोगको रूपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध भित्र-बाहिर सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याए।

‘भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले हाम्रो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धको कदम अगाडि बढाएको छ,’ उपमहासचिव पोखरेलले भने, ‘अरू क्षेत्रमा देखापरेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र-बाहिर सबैतिर सशक्त रूपमा सङ्घर्ष गर्न जरुरी छ ।’

माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुईदिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणलाई सदभावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। प्रधानमन्त्रीको भ्रमणलाई लिएर धेरै हौसिने वा नकारात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत पोखरेलले आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस