१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रावा इनर्जीको आइपीओ भर्ने आज अन्तिम दिन

अ+ अ-

काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले जेठ १८ गतेदेखि जारी पूँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो। त्यसमध्ये ५६ लाख रुपैयाँ बराबरको ५६ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।

यस्तै, जारी पुँजीको १० प्रतिशत अर्थात् २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरी बाँडफाँड पश्चात् बाँकी रहेको १ लाख ९२ करोड ३३० कित्ता थप गरी कुल ६ लाख ९६ हजार ३३० कित्ता शेयर मध्ये १५ हजार ४७ कित्ता कर्मचारीहरूलाई र ३७ हजार ६१६ कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरी बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासनमा ल्याएको हो ।

उक्त आइपीओमा साढे ८ लाख बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ः०६ बजेसम्ममा ८ लाख ६९ हजार ६४५ आवेदनबाट ९५ करोड ८६ लाख ४० हजार रुपैयाँ बराबरको ९५ लाख ८६ हजार ४०० कित्ता शेयरको लागि आवेदन परेको हो ।

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अङ्कले भाग जाने संख्यामा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्तामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस