काठमाडौँ । सर्वोच्च अदालतमा आज गौर नरसंहार मुद्दाको सुनवाइ हुने भएको छ ।
नरसंहार पीडितका परिवार तथा आफन्तले आइतबार दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित सर्वोच्चमा रिट दर्ता गरेसँगै आजदेखि सुनुवाइ हुने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर रिट दायर गरिएको छ । रिटमा तत्काल अन्तरिम आदेश पनि माग गरिएको छ।
जिल्ला प्रहरी कार्यालय, रौतहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि सर्वोच्चमा रिट दायर गरिएको हो ।