काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समिति अन्तर्गत उपसमितिको बैठक बस्ने भएको छ ।
बैठक मङ्गलवार (भोलि) दिउसो १ बजे संसद भवनमा बस्न लागेको हो ।
बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयक माथि आयोगका पूर्व अध्यक्षज्यूहरूसँग छलफल हुने समितिको सचिवालयले जनाएको छ ।