१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

अ+ अ-

रामपुर । पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।

नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन् । बजारका एग्रोभेटमा महँगो मूल्य तिरेर बीउ खरिद गर्न बाध्य किसानलाई कम मूल्यमा अनुदानमा बीउ पाउँदा राहत पुगेको छ ।

स्थानीय शारदा रेग्मी भन्छन्–’दोब्बर तेब्बर मूल्य तिरेर बाहिरबाट खरिद गर्नुपरेको थियो, नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ, यसबाट बीउ खरिदमा हामीलाई आर्थिक भार परेन ।’

यस वर्ष २० टन धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउछन् । उनका अनुसार वितरित धानमध्ये साँवा मन्सुली पाँच हजार छ सय किलो, रामधान एक हजार ९१ किलो र सावित्री धान १३ हजार छ सय ४५ किलो नगरका एक हजार ४१ किसानलाई वितरण गरिएको छ ।

नगरपालिकाले वितरण गरेको धानमध्ये सावित्री प्रतिकिलो रु ६० तथा साँवा मन्सुली र रामधान जातको धान प्रतिकिलो रु ६५ मूल्य पर्छ । धान वितरणका लागि नगरपालिकाले रु छ लाख रकम विनियोजन गरेको थियो । बाहिर बजारका एग्रोभेटमा प्रतिकिलो रु ९० देखि रु एक सय दशसम्ममा किसानले बीउ किन्ने गरेका छन् । रामपुर नगरपालिकाभित्र करिब एक हजार आठ सय हेक्टर धान खेती सिञ्चित जमिन छ ।

किसानको सहजता, कृषि शाखामा कर्मचारी कम, व्यवस्थापनलाई सजिलो बनाउने नगरपालिकाले एकहप्ते सूचना निकालेर किसान एग्रोभेटमार्फत सम्झौता गरी बीउ वितरण कार्य गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताउछन् । अघिल्ला वर्षमा नगरपालिकाले कृषि शाखामार्फत एकै पटक किसानलाई बोलाएर बीउ वितरण गर्ने गर्थ्यो । एकै पटक सबै किसान आउन नभ्याउने भएकाले सजिलो बनाउन यसवर्ष एग्रोभेटलाई जिम्मेवारी दिइएको हो ।

कृषिजन्य उत्पादन र प्रवर्द्धनका लागि नगरपालिकाले उन्नत बीउबिजन, विभिन्न प्रविधि वितरण, तालिम, गोष्ठी, अनुदानजस्ता कार्यक्रम गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउछन् । ‘कृषि तथा पशुपालन क्षेत्रमा केही नयाँ उद्यम, व्यवसाय गर्छु भनेर आउने किसानलाई नगर सरकारले सहयोग गरिरहेको छ’, उनले भने, ‘उत्पादित उपजको बजारीकरणको जिम्मेवारी लिनेछ, उत्पादन वृद्धिमा किसानले चासो दिनुपर्‍यो’।

नगरपालिकाले कृषि तथा पशु उद्यम गर्नेलाई युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी रु ३० लाखसम्म दुई वर्षका लागि व्याज अनुदान दिने गरेको नगर प्रमुख थापाले बताए । पछिल्ला वर्षमा रामपुरमा पक्की कुलो व्यवस्थापन भएपछि धान लगाउने क्षेत्रफल बढ्दै गएको छ । सिँचाइको सुविधा भएकाले धान उत्पादनमा क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । रामपुर धान उत्पादनको पकेट क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस