काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११:११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
बैठक मंगलबार नै बस्ने भनिए पनि विशेष कारणले बुधबारका लागि सारिएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यसूची छ ।
साथै अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची छ ।