१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुल पानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

अ+ अ-

देउखुरी । दाङ, गढवा गाउँपालिका–१ स्थित कुल पानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ ।

गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुल पानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ ।

घोराही– ६ का श्रीधर अधिकारीले बिदाको सदुपयोग गर्नका लागि परिवारसँग घुम्न कुल पानी आएको बताए । ‘आफ्नै गाउँ ठाउँमा रहेका पर्यटकीय स्थल हेरौँ भनेर गाउँका दाजुहरूसँग यहाँ घुम्न आएको हुँ’, उनले भने ।

अधिकारीले पार्कमा बनाइएका बाघ, घोडा, गैँडा, जरायो, गरुड र मयुरका प्रतिमा निकै आकर्षक रहेको जनाउँदै सो ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको बताए ।

घोराही–१५ का शरद आचार्यले पहिलो पटक कुल पानी पुगेको बताउँदै यहाँ बनेका संरचनाले पर्यटकलाई आकर्षण गर्ने धारणा राखे । काठको ‘भ्यु टावर’मा चढेर वरिपरिको वातावरण नियाल्दा रमाइलो लागेको उनको भनाइ थियो । ‘प्रति व्यक्ति रू १० को टिकट लाग्ने रहेछ’, उनले भने, ‘खर्च कम लाग्ने, स्थानीय स्तरमा भएका रमणीय गन्तव्य घुम्न पाइने र यसबाट थोरै भए पनि आम्दानी हुने पक्ष राम्रो लाग्यो ।’

आचार्यका अनुसार कुल पानीमा पर्यटकलाई आकर्षक गराउनका लागि काठको पुल, भ्यु टार, देउखुरी क्षेत्रमा पहिले प्रयोग गरिने काठको लडिया, डुङ्गा, काठको कोल, ढिकीलगायत परम्परागत रूपमा प्रयोग गरिएका सामग्रीलाई संरक्षण गरिएको छ । उनले यस्ता लोप हुने अवस्थामा पुगेका सामाग्रीको संरक्षण गरेर पर्यटक भित्राउन मद्दत पुगेको बताए ।

धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले यहाँ हरित पार्क निर्माण गर्नुका साथै जल विहारका लागि पोखरी निर्माण गरी डुङ्गाको व्यवस्था गरिएको कुल पानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नवराज शर्माले बताए । आन्तरिक पर्यटकका लागि प्रमुख पर्यटकीय गन्तव्यका रूपमा कुल पानी क्षेत्रलाई विकास गरिएको उनको भनाइ थियो ।

‘बाह्र हेक्टर क्षेत्रमा फैलिएको धार्मिक एवं सिमसार क्षेत्रका रूपमा रहेको उक्त पार्कको विकासका लागि प्रदेश पूर्वाधार प्राधिकरण कार्यालयले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)निर्माण गरिरहेको छ’, अध्यक्ष शर्माले भने । बाल उद्यान, वनभोज केन्द्र तथा पोखरीलाई व्यवस्थित गर्न तारबार लगाउने गरी डिपिआर निर्माण भइरहेको उनले जानकारी दिए ।

प्राकृतिक स्रोत र साधनको संरक्षण गर्दै आन्तरिक पर्यटनको विकास गरी आर्थिक रूपमा समृद्ध बनाउने उद्देश्यले पार्कलाई थप व्यवस्थित बनाउने पहल भइरहेको अध्यक्ष शर्माले बताए । ‘अहिले भइरहेको कामले कुल पानीमा पर्यटनको चहलपहल झन् बढ्ने छ । यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने विश्वास छ’, उनले भने ।

अध्यक्ष शर्माका अनुसार यहाँ जिल्ला भित्र र बाहिरका गरी दैनिक चार सय बढी पर्यटक घुम्ने आउने गरेका छन् । शनिबार र बिदाको दिनमा यो सङ्ख्या अझ बढ्ने उनको भनाइ थियो ।

डिभिजन वन कार्यालयका प्रमुख बेसिन्द्रराज सुवेदीले यस क्षेत्रलाई जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यले रहेको बताए । वनको संरक्षण पनि हुने र पर्यटकलाई मनोरञ्जन हुने भएकाले यसको विकास गरिएको उनले बताए ।

प्रमुख सुवेदीका अनुसार पार्कभित्र आठ लाखमा ताल निर्माण गरी डुङ्गा सञ्चालन गरिएको छ भने वनभोजका लागि आउने पर्यटकका लागि वनभोज स्थल निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस