७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शरणार्थी प्रकरणमा आज पाँच प्रतिवादीका वकिलले गरे बहस

अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जिल्ला अदालत काठमाडौँले आज पाँच प्रतिवादीको थुनछेक बहस सकेको छ।

यो प्रकरणका मुख्य योजनाकार भनिएका सानु भण्डारी र टङ्क गुरुङका वकिलले थुनछेक बहस सकेका छन्। त्यस्तै सन्देश शर्मा, सागर राई र इन्द्रजित राईको पनि थुनछेक बहस सकिएको हो।

भोलि पनि बाँकी प्रतिवादीको तर्फबाट बाँकी बहस हुनेछ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन योजना बनाउने, नक्कली शरणार्थीबारे निर्णय गराउन गृहमन्त्रीदेखि गृह मन्त्रालयको संयन्त्रलाई प्रभावित पार्ने, सर्वसाधारणलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्ने प्रलोभनमा पारेर पैसा उठाउने उक्त पैसा हाइप्रोफाइललाई काम गरिदिएबापत बाँड्ने लगायतका काममा भण्डारी संलग्न भएको आरोप छ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार हुन् इन्द्रजित राईलेले भुटानी शरणार्थी समस्या समाधान गर्ने समिति बनाउनका लागि भूमिका खेलेको, उक्त समिति बनाइसकेपछि सानु भण्डारी र केशव दुलालसँग पैसा लिएको, उनीहरूसँग मिलेर काम गरेको लगायतका आरोप सरकारी वकिलले लगाएको छ।

जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसमा आज उनका तर्फबाट बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री, दिलकुमारी राईलगायतका वकिलले बहस गरेका थिए।

सन्देश शर्मा, टङ्क गुरुङ र सागर राई पनि सानु भण्डारी र केशवसँग मिलेर नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै सर्वसाधारणसँग पैसा उठाउने काममा संलग्न रहेको आरोप छ।

सानु र टङ्कका तर्फबाट आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए।

सागर राईका तर्फबाट अधिवक्ताहरू प्रकाश पौडेल, विनोद कार्की, सन्तोष प्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरेका थिए। सन्देश शर्माको प्रतिरक्षा भने अधिवक्ताहरू यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी, सुशीला कार्की र मङ्गल महर्जनले बहस गरेका थिए।

सबैले आफ्ना पक्षहरूलाई लगाइएको अभियोग पुष्टि हुने आधार नभएकाले थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गरिपाऊँ भन्ने माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस