बीमा क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री डा .महत « प्रशासन
Logo १२ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बीमा क्षेत्रका समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक : अर्थमन्त्री डा .महत


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले, सामूहिक प्रयासले मात्रै बीमा क्षेत्रको व्यवस्थित विकास सम्भव रहेको बताएका छन् ।

काठमाडौंमा एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गर्दै डाक्टर महतले राष्ट्रको विकासका लागि विकसित वित्तीय प्रणाली महत्त्वपूर्ण हुने भन्दै उनले त्यसका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए ।

उनले भने ‘ सहज बीमा क्षेत्र निर्माणको प्रयासमा सहकार्य र नवीनता महत्पूर्ण पाटो हो । नियामकहरू, बिमाकर्ताहरू, पुनर्बीमा, र सहजकर्ताले बलियो जोखिम व्यवस्थापन ढाँचाहरू विकास गर्न, पर्यवेक्षक संयन्त्रहरू बढाउन सामूहिक प्रयास गर्नुपर्छ।’

वित्तीय साक्षरता बढाउन र बीमामा आम नागरिकको पहुँच बढाउन लचिलो जीवन बीमा बजार आवश्यक रहेको उनको भनाई छ ।

‘हामी एक महत्त्वपूर्ण मोडमा उभिएका छौँ जहाँ हामी परम्परागत र नयाँ दुवै जोखिममा अभूतपूर्व वृद्धि देखिरहेका छौँ।’ उनले भने ‘हामीले प्राकृतिक प्रकोप, आर्थिक अस्थिरता, साइबर खतरा र महामारीको विनाशकारी प्रभावहरू अनुभव गरेका छौँ।’

यस्ता समस्या बढिरहेका बेला बीमा बजारलाई थप व्यवस्थित गर्नु पर्ने चुनौती बढेको उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस