७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग

अ+ अ-

वासिङ्टन । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेज व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको अभियोग लागेको छ । न्यायिक अनुसन्धानमा उनलाई उपयुक्त ढङ्गले गोप्य कागत पत्रको व्यवस्थापन नगरेको आरोप लागेको हो ।

राष्ट्रपतिको कार्यालयबाट बाहिरिएपछि उनमाथि आपराधिक अनुसन्धानका क्रममा उक्त आरोप लागेको हो । यसबाट आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्न रोकलाग्नसक्ने जोखिम बढेको छ । राज्यका गोप्य कागत पत्रलाई लिएर अपराधको आरोप खेप्ने उनी पहिलो अमेरिकी पूर्वराष्ट्रपति बनेका छन् ।

‘भ्रष्ट बाइडेन प्रशासनले मलाई लगाइएको अभियोगका बारेमा मेरा वकिलहरूलाई सूचित गरेको छ,’पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् । आगामी मङ्गलबार आफूलाई मियामीको सङ्घीय अदालतमा उपस्थित हुन आदेश दिइएको पनि उनले उल्लेख गरेका छन् । आफ्नो ७७ औँ जन्मदिनको अघिल्लो दिन उनी अदालतमा हाजिर हुनुपर्नेछ ।

पूर्व राष्ट्रपति ट्रम्पमाथि लगाइएको अभियोग र उनको भनाइका बारेमा कानुन मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन । यद्यपि उनका कानुन व्यवसायीहरूले देशका पूर्वप्रमुखमाथि सरकारी गोप्य दस्तावेज घरमा राखेकोलगायत सातवटा अभियोग लगाइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस