११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सचिव हुँदा अहिलेका आयुक्तले नै जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव गरेका थिए’

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतलेले निर्वाचन आयोगलाई कमजोर बनाउने मनसाय सरकारले नराखेको स्पष्ट पारेका छन् ।

बजेटमाथि राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारको खर्च घटाउनलाई जिल्ला निर्वाचन कार्यालयलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गाभ्ने निर्णय गरेको बताए ।

सरकारले जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर प्रमुख जिल्ला अधिकारी मातहत एउटा युनिटका रूपमा राख्ने प्रस्ताव गरेको छ । यो प्रस्तावको विरोधमा निर्वाचन अयोग र सांसदहरुले नै आवाज उठाइरहेका छन् ।

तर अर्थमन्त्री महतले अहिलेका निर्वाचन आयुक्तहरूले नै सचिव हुँदा जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्ताव राखेको दाबी गरे ।

‘निर्वाचन आयोगले आजै (शुक्रबार) बिहान प्रधानमन्त्रीजीसँग भेट्यो, मलाई पनि बोलाइएको थियो । त्यहाँ उहाँहरूले ठूलो उ (विरोध) गर्नुभयो’, महतले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाप्रति संकेत गर्दै भने, ‘पहिला उहाँले नै सचिव हुँदा यो हटाउनुपर्छ भनेर प्रस्ताव गर्नुभएको रहेछ ।’

आयोगका अधिकारीहरूले आफूहरूसँग परामर्श नै नगरी जिल्ला निर्वाचन कार्यालयको विषयमा बजेटमा व्यवस्था गरिएको भनेर मात्रै असन्तुष्टि जनाएको अर्थमन्त्री डा.महतको जिकिर छ ।

‘पछि कानुनी रूपमा सल्लाह भएन हामीसँग भन्ने कुराहरू उहाँहरू (निर्वाचन आयोगका अधिकारीहरू) बाट आयो, त्यसलाई व्यावहारिक रूपमा मिलाउँला पछि भनेका छौँ’, अर्थमन्त्री महतले राष्ट्रिय सभा बैठकमा भने ।

प्रतिक्रिया दिनुहोस