७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा पाहुनालाई पृथ्वीनारायण शाहको मूर्ति उपहार

अ+ अ-

गोरखा । गोरखामा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सम्पन्न भएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा महिला उद्यमी सङ्घ गोरखाको आयोजनामा गएको एक महिनाअघि भएको तालिममा १५ महिलाले ‘एडभान्स’ तालिम लिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए ।

सहभागीलाई तालिमका क्रममा नेपाल एकीकरणका अभियान्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने, मूर्तिको फ्रेम निर्माण गर्नेलगायताका तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । यसअघि एक महिने आधारभूत मूर्ति बनाउने तालिममा सहभागी भएकालाई दोस्रो चरणमा थप एक महिना ‘एडभान्स’ तालिम प्रदान गरिएको उनले बताए ।

तालिमका सहभागीहरूले बनाएको मूर्ति आन्तरिक तथा बाह्य पर्यटक, अतिथिलगायतलाई मायाको चिनोका रूपमा प्रयोग हुने नगरप्रमुख राना मगरले बताए । यसले गोरखाको ऐतिहासिक पहिचानको पनि प्रवर्द्धन हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा उत्पादन गर्न सके यसले आर्थिक आयआर्जनमा टेवा पुग्ने भएकाले महिलालाई मूर्ति बनाउन तालिम प्रदान गरेको उनले बताए ।

गोरखा आएर फर्कने पर्यटकले यहाँ घुमेर फर्कँदै गर्दा गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिमको आयोजना गरिएको नगरप्रमुख राना मगरले जानकारी दिए ।

तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको जनाउँदै नगरप्रमुख राना मगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताए । तालिममा सहभागीलाई मूर्तिका साथै मूर्तिका लागि आवश्यक पर्ने साथै ऐन र फ्रेम बनाउनका सिकाइएको उनले बताए ।

तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख बजेट विनियोजन गरेको थियो ।

शनिबार सम्पन्न भएको तालिमको समापन कार्यक्रममा नगरप्रमुख राना मगरसहित उपप्रमुख मसली माया थोकर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, प्रशिक्षार्थी रमा बस्नेतलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस