८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालमैत्री पालिका बनाउने अभियान

अ+ अ-

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो ।

सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा आइतबार आयोजित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले आगामी २०८३ चैत मसान्तसम्म पालिकालाई बालमैत्री पालिका बनाउन बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा बालमैत्री स्थानीय शासन अवलम्बन तथा बालमैत्री सुशासन प्रवर्द्धन गर्नको लागि सामूहिक प्रतिबद्धता पत्र जारी गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविकालगायतका सरोकारवालाले स्थानीय सरकार सञ्चालन ऐन–२०७४, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाको प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट सक्रिय सहभागितासहित बालमैत्री गाउँपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, प्रशिक्षक अशोक खनाल, रघुगङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बालमैत्री स्थानीय शासनको सूचक, अवलम्बन गर्नुपर्ने नीति नियम तथा कार्यान्वयनका लागि पूरा गर्नुपर्ने चरण तथा आधारको बारेमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकालाई बालमैत्री पालिकाको रूपमा विकास गर्न सरोकारवालाले समेत रचनात्मक सहयोग गर्नुपर्ने बताउँदै सूचकको पालना र आवश्यक तयारीमा गाउँपालिका जुट्ने प्रतिबद्धता जनाए । उनले वडाहरू हुँदै पालिकालाई बालमैत्री बनाउनका लागि आवश्यक तयारी थालिने जानकारी दिए ।

कार्यक्रममा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख थापाले दिगो विकासका लक्ष्यलाई राष्ट्रियकरण र स्थानीयकरण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई बालमैत्री पालिका घोषणा गर्न कार्यक्रम आयोजना गरिएको बताए । उनले यसअघि म्याग्दीका चार गाउँपालिका र एक नगरपालिकाले समेत बालमैत्री पालिका बनाउने प्रतिबद्धता जनाइसकेको बताउँदै सबै स्थानीय तह र सरोकारवालाले सूचकको पालना गरी प्रतिबद्धतालाई पूरा गर्नतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।

सरकारले सन् २०३० सम्म सबै स्थानीय तहलाई बालमैत्री पालिका बनाउने लक्ष्य लिएको छ । हालसम्म नेपालका २२ र गण्डकी प्रदेशका तीन गाउँपालिका बालमैत्री पालिकाको रूपमा घोषणा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस