जुम्लाका स्थानीय तहलाई २ अर्ब ३७ करोड विनियोजन « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जुम्लाका स्थानीय तहलाई २ अर्ब ३७ करोड विनियोजन


२९ जेष्ठ २०८०, सोमबार


जुम्ला । जुम्लाका आठ स्थानीय तहका लागि सङ्घीय सरकारले चालु तथा पुँजीगत खर्चतर्फ दुई अर्ब ३७ करोड बढी रकम विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को वित्तीय हस्तान्तरणमा उल्लेख भएअनुसार आगामी आर्थिक वर्षका लागि यहाँका स्थानीय तहलाई दुई अर्ब ३७ करोड २२ लाख रकम विनियोजन गरिएको हो ।

विनियोजित रकममध्ये चन्दननाथ नगरपालिकाका लागि ३८ करोड ५४ लाख रकम विनियोजन गरिएको छ ।

सात गाउँपालिकामध्ये सबै भन्दा बढी तिला गाउँपालिकाका लागि ३१ करोड ९० लाख र सबै भन्दा कम गुठिचौर गाउँपालिकालाई २१ करोड ६६ लाख विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख गरिएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकालाई ३१ करोड पाँच लाख, कनकासुन्दरी गाउँपालिकालाई २९ करोड ३६ लाख, हिमा गाउँपालिकालाई २९ करोड ७१ लाख, पातारासी गाउँपालिकालाई २६ करोड ८१ लाख र सिञ्जा गाउँपालिकालाई २८ करोड १९ लाख रकम विनियोजन गरिएको अर्थ मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

सङ्घीय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहलाई समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान तथा समपूरक अनुदान शीर्षकमा चालु र पुँजीगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस