६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनयुद्धमा सामेल नभएकाहरूले प्रचण्डविरुद्ध मुद्दा हालेको पौडेलको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले सशस्त्र विद्रोहमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध मुद्दा हालेको आरोप लगाएका छन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले सशस्त्र विद्रोहमा सामेल नभएका र त्यसप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेको बताएका हुन् ।

उनले भने, ‘शान्ति प्रक्रियासित सम्बन्धित विषयमा देश निकै गम्भीर भएर हामी लामो कालखण्ड पार गरेर आएका छौँ । शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु हामी सबैको कर्तव्य र दायित्व हो । तर, दुर्भाग्य एक थरी तत्त्वहरू यो वा त्यो बहानामा निरन्तर विभिन्न पक्षहरूलाई प्रयोग गर्ने, उचाल्ने र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगसँग सम्बन्धित कानुन बनाएर कानुनद्वारा हल गर्नेतिर भन्दा पनि शान्ति प्रक्रिया भाँड्नेतिर अगाडि बढिराखेका छन् । विभिन्न रूपमा माओवादी पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काएर लिएर जाने जुन प्रकारको हर्कहरू भएका छन् र पछिल्लो चरणमा केही व्यक्तिहरूले हामी जनयुद्धको हुँ भनेर अदालतमा गएर मुद्दा हाल्ने काम गरियो, मुद्दा हाल्नका निम्ति उक्साइयो ती पक्षहरूले शान्ति प्रक्रिया भाँड्न चाहन्छन् । हामी के खबरदारी गर्न चाहन्छौँ भने यस प्रकारको प्रवृत्तिले देशले शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न सक्दैन । अदालतले आफैँ कानुन सिर्जना गर्ने होइन । अदालतले राजनीतिक नेतृत्वद्वारा सिर्जित भएका संघीय संसद्‌बाट प्रतिपादित भएका कानुनको व्याख्या गर्ने हो । त्यो व्याख्या गर्ने गरी सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने यस प्रकारको क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्नेछ । बहुमत प्राप्त गरेर उहाँ संसद्‌बाट प्रधानमन्त्रीको रूपमा आउनुभएको छ । केही तत्त्वहरूले उहाँलाई समेत मनोवैज्ञानिक रूपमा टर्चर गर्ने र अरु नेताहरूलाई पनि टर्चर गर्ने काम गरेका छन् । हामी त्यसको वैचारिक प्रतिवाद गर्छौँ । सैद्धान्तिक प्रतिवाद गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस