विराटनगर । कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरलाई वार्ताका लागि पत्र पठाएको छ ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिलाई पत्र पठाएको हो ।
पहिचान पक्षधरले सङ्घर्ष समितिको नाममा पत्र पठाए वार्तामा बस्ने बताएको थियो । त्यसपछि सोमबार प्रदेश सरकारले समितिलाई वार्ताका लागि बोलाएको हो ।