१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कार्यरत रहँदा होस् या अवकाश पछि, शिर ठाडो हुने गरी काम गर्नुपर्छ’ -सचिव अर्याल 

अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले कर्मचारीहरूले शिर ठाडो हुने गरी काम गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भई जान लागेको सचिव अर्यालको बिदाइमा सोमबार मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै सचिव अर्यालले इमान्दार भएर काम गर्दा कर्मचारीले कहीँ कतै शिर झुकाउनु नपर्ने बताएका हुन् । 

‘म जति पनि ठाउँमा बसेँ, कहीँ पनि भागेर, लुकेर हिँड्नु पर्ने अवस्था आएन’ सचिव अर्यालले भने, ‘कुर्सिमा बस्दा पदको गरिमा राखेकै कारण कर्मचारीतन्त्र भित्र होस् नागरिक समाजमा नै किन नहोस्, शिर ठाडो पारेर हिँड्न सकेको छु ।’ 

कतिपय कर्मचारीका कारण कर्मचारीतन्त्रलाई लज्जित बनाएको बताउँदै उनले रिफर्म जरुरी भएको र त्यसका लागि आफू तयारसमेत रहेको बताए । ‘अब रिफर्मको एजेन्डालाई अगाडी बढाउनु पर्छ’ उनले भने, ‘ब्यूरोक्रेसीको साख राख्न तपाईँहरूको साथ चाहिन्छ ।’

निजामतीमा मौलाउँदै गरेको चाकरी, चाप्लुसी तन्त्रप्रति इङ्गित गर्दै उनले अब काम गर्ने कर्मचारी गुम्सिएर बस्ने नभई आफ्नो कुरा भन्न सक्नुपर्ने बताए । इमान्दार कर्मचारीहरूले सुधारका लागि अलि कडै भएर आवाज उठाउनु पर्ने समय आएकोसमेत सचिव अर्यालको भनाई छ । 

सरल र मिजासिलो स्वभावका सचिव अर्यालको टिमवर्कमा रहेर काम गर्न सक्ने क्षमताकै कारण जति ठाउँमा नेतृत्व सम्हाले त्यहाँ केही न केही सुधार भएको मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए । श्रम मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहँदा नीति, नियमदेखि प्रत्यक्ष सेवा प्रवाहसम्मै निकै धेरै सुधार भएको सहसचिव पोखरेलेको भनाई थियो । 

सचिव अर्याललाई नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ तथा वैदेशिक नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका पदाधिकारीले मन्त्रालयमै पुगेर भव्य बिदाइ गरेका थिए । व्यवसायीहरूले सचिव अर्यालको कार्यकाल निकै महत्त्वपूर्ण र अर्थपूर्ण रहेको बताउँदै आगामी दिनहरुमासमेत यस्तै सहयोगको अपेक्षा गरेको बताएका थिए । 

अर्याल निजामतीमा निर्भीक तथा ड्यासिङ पर्सनालिटीका सचिवका रूपमा परिचित छन् । हालका मुख्यसचिव शंकरदाश वैरागी अनिवार्य अवकाश हुने दिन नजिकिँदै गर्दा सम्भावित मुख्यसचिवको रुपमासमेत अर्याललाई हेरिन थालिएको छ । 

अघिल्लो मन्त्रिपरिषद् बैठकले सचिव अर्यालसहित पाँच सचिवको सरुवा गरेको थियो । 

सम्बन्धित समाचार : आधा दर्जन बढी सचिवको सरुवा

दुई सचिवको पद रिक्त हुँदै गर्दा खाली नै नभएको ठाउँमा काम गर्ने सचिवलाई थन्क्याउन खोजेको भन्दै कर्मचारीवृत्तमा आलोचनासमेत भइरहेको छ । त्यति मात्रै होइन, उद्योग जस्ता महत्त्वपूर्ण मन्त्रालयलाई खाली राखेर वरिष्ठ सचिवहरूलाई प्रधानमन्त्री कार्यालयमा थन्क्याएर कस्तो नतिजा निकाल्न खोजिएको हो भन्दै व्यवस्थापनप्रति कर्मचारीहरूले व्यङ्ग्यसमेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस