पाल्पा । राजस्व अनुसन्धान कार्यालय बुटवलले पाल्पाको बेझाडमा शनिबार फेला परेको ६४९ बोरा अवैध रासायनिक मल नियन्त्रणमा लिएको छ ।
राजस्व अनुसन्धान कार्यालयका अधिकृतसहित करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र प्रहरीका प्रतिनिधिसहितको टोलीले सिल खोलेर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको बिल, कागजपत्र र भण्डारण गरेका व्यक्तिसमेत फेला नपरेपछि कार्यालयले अनुसन्धानका लागि युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।