विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहालमाथि भएको दुर्व्यवहारको विभिन्न संकायका डिनले विरोध जनाएका छन् ।
मङ्गलवार व्यवस्थापन संकायका डिन डा. बिजुकुमार थपलिया, कला कानुन तथा शिक्षा शास्त्र संकायका डिन डा. अनिल कुमार पोखरेल, विज्ञान प्रविधिका डिन पवनकुमार झा, इन्जिनियरिङ संकायका देवीप्रसाद भट्टराई र चिकित्सा शास्त्र संकायका निमित्त नवीन लामिछानेले संयुक्त विज्ञप्तिमार्फत घटनाको विरोध गरेका हुन् ।
सोमबार दाहालमाथि नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले निवासमै पुगेर शरीरमा कालो मसी छर्किएका थिए ।
सम्बन्धित समाचार : विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई विद्यार्थी सङ्घका कार्यकर्ताले दले कालो मोसो
यस्तो छ डिनहरूले संयुक्त रुपमा जारी गरेको विज्ञप्ति :
