६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्याको अनुसन्धानका लागि सिआइबीको टोली नवलपरासीमा

अ+ अ-

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । एक दम्पती हत्याबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली पश्चिम नवलपरासी आएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा गत सोमबार दम्पती हत्या भएको थियो ।

उक्त वडाको पथलहनी बस्ने ५५ वर्षीय तिलकराम भेडिहार र उनकी श्रीमती ५० वर्षीया निर्मला भेडिहारको वीभत्स हत्या भएको हो ।

उनीहरूको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सिआइबीको र जिल्ला प्रहरी कार्यालयको टोलीले संयुक्तरुपमा उक्त हत्याको अनुसन्धान गरिरहेको बताए ।

उनको अनुसार अनुसन्धानमा अपराधीको नजिक पुगिसकेको छ । अपराधीले घटना होसियारीपूर्वक घटाएकाले सामान्य प्रमाणसमेत छोडेका छैनन् ।

जिल्ला प्रहरी कार्यालयले उक्त घटनामा अनुसन्धान गर्दा अपराधी नजिक पुग्न नसक्दा तीन दिनदेखि सिआइबीको दुई टोली पनि आएर अनुसन्धानलाई अगाडि बढाएको उपरीक्षक पाण्डेले जानकारी दिए । उनका अनुसार प्रहरी अपराधीको नजिक पुगिसकेको छ ।

हत्या भएको दम्पतीको सोही वडामा रहेको बैरिहवा भन्ने गाउँमा घर रहेको छ तर उनीहरू सामान्य खेतीपातीसँगै भैँसी पालन गरी पथलहनीमा बस्दै आएका थिए ।

उनीहरूका सन्तान उक्त गाउँमै बस्दै आए पनि दम्पती भने गाई भैँसीलाई रेखदेख गर्नको लागि पथलहनीमा बस्दै आएका थियो । उनीहरूको हत्यापछि शवलाई आँगनमा फालिएको थियो ।

प्रतिक्रिया दिनुहोस