काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्नाभएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई २४ घण्टाको अवलोकन र उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिए।
अहिले उनको अवस्था सामान्य रहेको पनि अस्पतालले जनाएको छ।
