काठमाडौँ । सुनको मूल्य आज घटेको छ ।
आज तोलामा ९ सय रुपैयाँले घटेर तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक लाख १२ हजार सात सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।