६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालो मोसो दल्ने एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् ।

विगत पाँच महिना अगाडि राखेका विभिन्न माग पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको भन्दै नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का विद्यार्थीहरूले अध्यक्ष दाहाललाई कालो मोसो दलेका थिए ।

बुधबार बिहान सुनसरी प्रहरीले मोरङको बूढीगंगाबाट नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई नियन्त्रणमा लिएको हो ।

सुनसरी जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी प्रभुप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको जाहेरीका आधारमा पोखरेललाई नियन्त्रणमा लिएको जानकारी दिए ।

एसपी ढकालले प्रशासनलाई भने, ‘सेवा आयोगका अध्यक्ष महेशराज दाहालमाथि भएको दुर्व्यवहारमा नेतृत्व गर्ने नेविसंघ मोरङका सभापति सरोज पोखरेललाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौँ । यसमा संलग्न अरु ६/७ जना पनि छन् भन्ने छ अनुसन्धान गरिरहेका छौँ ।’

सम्बन्धित समाचार : विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई विद्यार्थी सङ्घका कार्यकर्ताले दले कालो मोसो

सम्बन्धित समाचार : पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथिको दुर्व्यवहारमा डिनहरूको विरोध

प्रतिक्रिया दिनुहोस