७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालले आज फिलिपिन्ससँग अभ्यास खेल खेल्दै

अ+ अ-

काठमाडौँ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग  मैत्रीपूर्ण खेल खेल्दै छ ।

मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ४:४५ बजे सुरु हुनेछ।

२ दिनको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि नेपाली टोली त्यहीँबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारतको बेङ्गलुरु जानेछ। फिफाको विश्व वरियतामा फिलिपिन्स १ सय ३६ र नेपाल १ सय ७४ औं स्थानमा छ। यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले १ र फिलिपिन्सले ४ खेल जितेका छन् भने १ खेल बराबरी भएको छ।

पछिल्लो पटक सन् २०१७ मा एसिया कप छनोट अन्तर्गत एन्फा कम्प्लेक्समा नेपालले फिलिपिन्ससँग गोल रहित बराबरी खेलेको थियो। छोटो समयको तयारीकाबीच साफ खेल्न लागेको नेपाललाई यो खेलमा युवा खेलाडी परीक्षणको मौका पनि रहनेछ ।

कठिन मानिएको समूहमा परेको साबिक उपविजेता नेपाल फिलिपिन्सविरुद्ध जितका साथ उच्च मनोबल लिएर भारत जाने तयारीमा रहेको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताएकाका छन्।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्। यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रूपमा साफ खेल्ने छन्।

साफमा नेपाल समूह ए मा रहेको छ। नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ।

समूह बीमा लेबनान, माल्दिभ्स, भुटान र बङ्गलादेश छन्। साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच असार ६ गते आमनेसामने हुनेछन्।

प्रतिक्रिया दिनुहोस