८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

अ+ अ-

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले डा. अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । 

आज बिहान मात्रै शंकरदास वैरागीले मुख्य सचिवको पदबाट राजीनामा दिएका थिए । वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए । वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार जस्तै एक पदमा नियुक्त गरिएको विशेष सूत्रले प्रशासनलाई जानकारी दियो

अर्याललाई मुख्य सचिव बनाउनकै लागि आज मन्त्रिपरिषद बैठक डाकिएको थियो । वैरागीलाई आकर्षक पदमा व्यवस्थापन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी रहेको प्रशासन डटकमले बुधवार साँझ १० बजे समाचार ब्रेक गरेको थियो ।

सम्बन्धित समाचार : मुख्यसचिवमा अर्यालको सम्भावना बढ्यो, भोलीको मन्त्रिपरिषदबाट निर्णय हुन सक्ने 

सचिव अर्यालको केही दिनको कडा दौडधुपपछि बैठक बस्नु अघिसम्म पनि उनलाई मुख्य सचिव बनाउने करिब करिव निश्चित जस्तै थियो ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को बैठक बस्दै, मुख्यसचिव नियुक्तिको सम्भावना कायमै

अर्याल अनुभवी सचिव मानिन्छन् । सिनियर पनि भएका कारण अन्य सचिवहरूसँगको समन्वयमा सहज हुने अनुमान गरिएको छ । साथै राजनीतिक समन्वय, निर्णय र राजनीति तथा प्रशासनको सम्बन्धबारे राम्रो जानकार मानिने अर्यालले पदवहाली पछिको भूमिकामा आफूलाई कसरी उभ्याउँछन्, त्यसबाट उनको मूल्याङ्कन शुरु हुनेछ । स्वभावले भद्र र अनुभवको सीमितताका कारण सानो कोठरीबाट प्रशासन चलाएका शंकरदास वैरागीको नियति अर्यालले दोहोर्‍याउने छैनन् भन्नेमा सचिवहरू विश्वस्त देखिन्छन् । 

निजामतीको चौतर्फी गिर्दो शाख र धुमिल छवि संल्याउन मुख्य सचिव अर्याल सफल हुनेछन् या पदको पगरी मात्रै भिरेर अर्को कुनै नियुक्तिको पृष्ठभूमिमा मात्रै सीमित हुनेछन् त्यो भने उनका आगामी दिनका गतिविधिले निक्र्यौल गर्नेछ ।   

प्रतिक्रिया दिनुहोस