९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालयमा कर्मचारीले नै निःशुल्क ठाडो उजुरी लेखिदिने

अ+ अ-

सर्लाही । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ ।

बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्क रूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो । बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा पाँच सयदेखि एक हजारसम्म लिने गरेको सेवाग्राहीबाट गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्क ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेको भनाइ थियो ।

ठाडो उजुरीसँगै समावेशी प्रमाणित, अन्य सिफारिस पनि कर्मचारीले निःशुल्क लेखिदिन थालेका छन् । सेवाग्राहीलाई सहज ढङ्गले सेवा प्रवाहका लागि कार्यालयले विभिन्न प्रयास गर्दै आइरहेको हो ।

कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवाद,साँध–सिमाना मिचिएको, गालीगलौजलगायत अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए । सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस