१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ महिनामै आधा सकियो सुनकोसी मरिण डाइभर्सन सुरुङको काम

अ+ अ-

काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाको काम निराशाजनक भइरहेको समयमा सुनकोसी मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने कामको प्रगति लक्ष्यभन्दा बढी भएको छ । आठ महिनामा सुरुङ खन्ने काम करिब आधा सकिएको छ ।

१३.३ किलोमिटर लामो सुरुङमध्ये शुक्रबारसम्ममा ६.६ किलोमिटर खन्ने कार्य भएको सुनकोसी–मरिण डाइभर्सन आयोजनाले जनाएको छ । गएको असोज २८ गतेबाट सुरुङ खन्न सुरु गरिएको थियो ।

सुनकोसी मरिण डाइभर्सन आयोजनाका अनुसार प्रतिमहिना पाँचदेखि सातसय मिटर सुरुङ खन्ने लक्ष्य लिइएकोमा कुनै महिना ९ सय मिटरसम्म खन्ने काम भएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएको ८ महिनाको अवधिमा लक्ष्यभन्दा बढी खनेर प्रगति भएको आयोजनाले जनाएको छ । मलामाई नगरपालिका-२ कुसुमटारबाट सुरुङ खन्न सुरु गरी सुनकोसीतर्फ अघि बढिरहेको छ ।

कमलामाई नगरपालिका वडा नम्बर २ को धनमना क्षेत्र पार गरेर महाभारत रेन्जमा सुरुङ पुगेको छ । महाभारत क्षेत्रमा कडा चट्टान हुने भएकाले समस्या आउन सक्ने आयोजना प्रमुख बरालको भनाइ छ । यसअघि दुई पटक समस्या आएर ३५ दिन काम रोकिएको थियो । यहीँ रफ्तारमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधि अगावै निर्माण सम्पन्न हुनेछ । अघिल्लो आर्थिक वर्षसम्म ९ प्रतिशत भौतिक प्रगति रहेकोमा ११ महिनाको अवधिमा बढेर १८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । सुरुङको प्रगति भने ५० प्रतिशत कटेको छ ।

प्रतिक्रिया दिनुहोस