९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपा अध्यक्ष लिङ्देनको प्रश्न : कनिका छर्ने बुद्धि अर्थमन्त्रीलाई कसले दियो ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले आफ्नो सरकार भएको बेला आफ्नो ठाउँमा बढी बजेट पार्ने प्रवृत्ति विगतदेखि नै चलिआएको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसद लिङदेनले आफ्नो सरकार भएको बेला बजेट आफ्नो पक्षमा राख्ने जुन प्रवृत्ति विकसित भइरहेको छ, त्यसले सत्ता पक्षले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउने बताए ।

यस्तो खालको प्रवृत्तिलाई सुधार गर्दै अगाडि बढ्नु पर्ने पनि बताए । उनले भने, यसपालि बजेट परेन धेरै गुनासो छैन, मन्त्रीले भनिसक्नु भएको छ अलिकति नदेखिनेगरि आफ्नोमा बेसी हाल्ने नै हो, आफ्नो सरकार भएको बेला आफ्नो ठाउँमा राख्ने नै हो भनेको छ । त्यो प्रवृत्ति विगतदेखि नै चलिआएको छ । यहाँ परेन भनेर केही फाइदा छैन, तर बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गएको छ । जुन प्रवृत्ति विकसित भइरहेको छ, त्यसले तपाईँहरूले भनिरहेको व्यवस्थालाई नै कमजोर बनाउछ ।

अध्यक्ष लिङदेनले केन्द्रबाट बाटोको लागि १ लाख, २ लाख रकम छुट्टाइने कस्तो सङ्घीयता ल्याएको भन्दै यस्तो कनिका छर्ने वृद्धि मन्त्रीलाई कसले दिएको भन्दै प्रश्न उठाएका छन् ।

उनले भने, केन्द्रबाट बाटोको लागि छुट्टाइने रकम १ लाख, २ लाख पनि हुने यसले कस्तो सङ्घीयता ल्याइरहेको छ । यही हो तपाईँहरूले ल्याउनु भएको सङ्घीयता, २० किलोमिटर बाटोको लागि ७० लाख, ५ लाख, २ लाख र १ लाख पनि छुटाउनु भएको छ । कोही साथीहरूले पछाडि सुन्ना थपेर यति पर्‍यो पनि परेको छ भनेर देखाउनु भएको छ । यस्तो वृद्धि मन्त्रीलाई कसले दियो, यस्तो ज्ञान कहाँबाट आयो कनिका छर्ने । सचिवहरूलाई मन्त्रीको मुख्य सल्लाकार भनिन्छ । न सचिवले दिएको ज्ञान होकि, पार्टीले दिएको ज्ञान होकि, आफैलाई आएको ज्ञान होकि ।

अध्यक्ष लिङ्देनले बैठकमा सत्ता पक्षले समर्थन गर्ने, विपक्षले विरोध गर्ने र अन्त्यमा कमा, फूलस्टप पनि परिवर्तन नहुने जे छ ताली ठोकेर अघि बढ्ने खालको प्रवृत्ति पनि बढ्दै गएको बताए ।

प्रतिक्रिया दिनुहोस