९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगञ्ज महानगरका १० स्थानमा फ्री वाइफाई सेवा सुरु

अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिकस्थल एवं भीडभाड हुने सरकारी कार्यालय क्षेत्रमा नि:शुल्क इन्टरनेट वाइफाई (फ्री वाईफाई)सेवा सुरु गरेको छ । पहिलो चरणमा महानगरका विभिन्न १० स्थानमा फ्रि वाईफाई सेवा उपलब्ध गराइएको हो ।  

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कसँगको सहकार्यमा घण्टाघर चोक, माइस्थान चोक, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, यातायात, नारायणी अस्पताल, विद्युत् प्राधिकरण, भन्सार कार्यालय र महानगर कार्यालय क्षेत्रमा फ्री वाईफाई सेवा सुरु गरेको छ । 

महानगरप्रमुख राजेशमान सिंहले आज औपचारिक कार्यक्रम गरी फ्रि वाईफाई सेवाको सुरुआत गरे । उनले महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी वीरगञ्जलाई डिजिटल सहरका रूपमा अघि बढाउन यस्तो सेवा सुरु गरिएको बताए । 

महानगरलाई आईटी हब बनाउने आफ्नो घोषित नीति नै रहेकाले त्यसलाई कार्यान्वयन गर्न आफू लागि परेको पनि उनले बताए । 

हाललाई हरेक स्थानमा दुई एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताको चापको आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ । 

आफूहरूले चुस्त सेवा दिने गरी महानगरसँग तीन वर्षका लागि सम्झौता गरेको वल्र्डलिङ्क कम्युनिकेसन लिमिटेड वीरगञ्ज शाखाका शाखा प्रबन्धक अरफात देवानले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस