११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै

अ+ अ-

मुग्लिन । जग्गा स्वामित्व विवादका कारण तीन वर्षदेखि अधुरै रहेको चितवनको इच्छाकामना-४ कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुन : निर्माण थालिएको छ । जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व दिन अस्वीकार गरेपछि अस्पताल निर्माण रोकिएको थियो । चालु आर्थिक वर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इच्छाकामना अस्पतालका लागि १८ करोड विनियोजन गरेको थियो ।

बोलपत्र आह्वान गरी १३ करोड ५९ लाख ११ हजार पाँच सय ७२ मा निर्माण गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको उनले बताए । उनले आगामी साढे दुई वर्ष भित्रमा अस्पताल निर्माण सम्पन्न गर्ने गरी पुनः निर्माणको काम सञ्चालन गरिएको जानकारी दिए ।

आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाको १० करोड आन्तरिक लगानीमा २५ शय्याको अस्पताल निर्माण सुरु गरिएको थियो । सरकारले देशैभर ‘एक स्थानीय तह एक आधारभूत अस्पताल’ बनाउने योजना ल्याएपछि इच्छाकामना गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणको योजना परेको थियो । उक्त योजनालाई पनि निर्माणाधीन इच्छाकामना अस्पतालको योजनामा गाभिएको थियो ।

अस्पताल निर्माण भइरहेको जग्गा अस्पतालको स्वामित्वमा नआएको भन्दै मन्त्रालयले बजेट दिन अस्वीकार गरेपछि रकम अभावका कारण अस्पतालको काम तीन वर्षदेखि अलपत्र बनेको थियो ।

गाउँपालिकाले अस्पताल निर्माण गरिरहेको जग्गा वन क्षेत्रमा पर्ने भन्दै जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व दिन अस्वीकार गरपछि निर्माण रोकिएको थियो ।

स्थानीय जनप्रतिनिधिलगायत सबैको पहलकदमी र वन कार्यालयसँग पटक–पटक गरिएको छलफलपश्चात् अस्पतालको स्वामित्वमा जग्गा ल्याएर अस्पताल निर्माण पुनः सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

अस्पताल सञ्चालनमा आएपछि इच्छा कामनासहित गोरखाको गण्डकी र सहिद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेन घाट रोराङ गाउँपालिकाका जनतालाई सेवा दिन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालको भनाइ छ ।

काठमाडौँ भित्रिने र बाहिरिने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड यसै क्षेत्र पर्ने भएकाले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस