१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक प्रमाणपत्रमा थरको त्रुटि सच्याउने व्यवस्था गर्न माग 

अ+ अ-

काठमाडौँ । रास्वपा सांसद निशा डाँगीले शैक्षिक प्रमाणपत्रमा थरको त्रुटि सच्याउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डाँगीले नागरिकतामा थर सच्याउन मिल्ने, तर शैक्षिक प्रमाणपत्रमा सच्याउन नपाइरहेको भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकी हुन्।

‘जातीय विभेदमा पिल्सिएका नागरिकका लागि नागरिकतामा थर परिवर्तन गर्ने प्रावधान सरकारले ल्यायो । र, धेरै व्यक्तिले आफ्नो थर परिवर्तन गरे । परिवर्तित थरको नागरिकता बोकेर शैक्षिक प्रमाणपत्रमा थर सच्याउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमी पुग्दा उनीहरूको प्रमाणपत्रमा थर सच्चिँदैन,’ उनले भनिन्, ‘नागरिकतामा सच्चिने थर शैक्षिक प्रमाणपत्रमा नसच्चिने रु यो कस्तो विरोधाभास नियम हो ?’ 

सानोठिमीमा दैनिक आफ्नो प्रमाणपत्रमा थरलगायतको त्रुटि सच्याउने लाइन लागिरहेको, तर सुनुवाइ नहुँदा सास्ती भोग्नुपरेको उनको भनाइ थियो । ‘सम्बन्धविच्छेदपछि  महिलाले जन्मघरतर्फको थर राखेर नागरिकता लिन पाउँछिन्। तर, शैक्षिक प्रमाणपत्रमा श्रीमानको थर हटाउन मिल्दैन, किन ?’ उनले सोधिन्।

सडक बालबालिका, बालसुधारगृहमा हुर्किएका र ट्रान्स जेन्डरहरूले पनि आफ्नो नाम, थर परिवर्तन गर्न नसकेको र उमेर, नाम र जात सच्याउने नियम, २०१७ संशोधन नहुँदा यस्ता कैयौँ नागरिक पीडित  भइरहेकाले अविलम्ब समस्याको समाधान गर्न गृह र शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया दिनुहोस