काठमाडौँ । नेपाल बार एशोसिएसनका पदाधिकारीहरूले प्रधान्यायाधीशलाई भेटेर पेशी व्यवस्थापनमा स्वचालित प्रणाली लागू गर्न आग्रह गरेका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश भएपछि सोमबार बार पदाधिकारीहरू भेट्न पुगेका थिए ।
भेटमा बार पदाधिकारीहरूले न्यायाधीश हुँदा आफ्नो नेतृत्वको समितिले बनाएको प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन् ।
कार्कीले स्वचालित प्रणालीतर्फ उन्मुख भएको र सक्दो छिटो कार्यान्वयन गर्ने आश्वासन दिएको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
बार पदाधिकारीहरूले न्यायाधीश अभावका कारण मुद्दामा ढिलाइ भएको भन्दै तत्काल पदपूर्तिमा जोड दिएका छन् ।