काठमाडौँ । प्रतिनिधि सभामा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा विनियोजन विधेयक अन्तरगत मन्त्रालयगत शीर्षकमाथिको छलफल जारी रहने भएको छ।
बैठकमा विभिन्न ४ मन्त्रालयका बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानून, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजित बजेट शीर्षकमाथि छलफल हुन लागेको हो।
यी ४ मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरु सूर्य प्रसाद ढकाल, प्रेम सुवाल, सुमना श्रेष्ठ, महेश कुमार बर्तौला, अमरेशकुमार सिंह, अच्युत प्रसाद मैनाली, ज्वाला कुमारी साह, प्रभु साहले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।
