काठमाडौँ । लुम्बिनी प्रदेशमा सार्वजनिक सवारीसाधनको अन्तर प्रदेशीय रुट अनुमति लिन अब बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको छ।
लुम्बिनी प्रदेश सरकारले अबदेखि जिल्लास्थित सबै यातायात व्यवस्था कार्यालयबाट रुट अनुमति लिने व्यवस्था मिलाइएको हो। मंगलबारदेखि सबै कार्यालयबाटै रुट अनुमति दिन थालिएको हो।
यसअघि अन्तर प्रदेशीय बाटो अनुमति संघीय सरकार मातहतमा रहेको बुटवलस्थित कार्यालयबाट मात्रै अनुमति दिँदै आएको थियो।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशन पछि मन्त्रालयले सबै यातायात कार्यालयबाट अनुमति दिन परिपत्र भएको हो।