काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज पहिलो स्थापना दिवस मनाउँदै छ ।
स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सबै राजनीतिक दलका मूल नेतृत्वलाई बोलाइ चियापान कार्यक्रम गर्दै छ ।
उक्त चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।
गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।
यो अवधिमा रास्वपाले वृक्षारोपण, देशैभर वडा भेला र वडा समिति गठन, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदान आदि कार्यक्रम गरेको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज चियापानको आयोजना गरेको बताएको छ ।