६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी कार्यालयमा ग्रेटर नेपालको झण्डा नराख्ने दलको मुख्यालय ध्वस्त पार्ने ग्रेटर नेपालको चेतावनी

अ+ अ-

काठमाडौँ । विशाल नेपाल महाअभियानले सबै पार्टीका नेताहरुले आफ्नो कार्यालयमा ग्रेटर नेपालको नक्सा नझुण्डाए मुख्यालय ध्वस्त गर्ने चेतावनी दिएको छ ।

बिहीवार काठमाडौँमा आयोजित विरोध प्रदर्शनमा महाअभियानका अध्यक्ष डाक्टर सुरेन्द्र ढकालले सबै नेताले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यालयमा नझुण्डाए उनीहरूको मुख्यालय ध्वस्त पार्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘ग्रेटर नेपालको नक्सा आफ्नो कार्यालयमा पनि झुण्ड्याउ र आफ्ना सांसदहरुलाई पनि भन । यो नक्सा राष्ट्रपतिदेखि लिएर वडा अध्यक्ष सम्मको कार्यालयमा झुण्डीनु पर्छ । यदि सबै नेताले नक्सा आफ्नो कार्यालयमा झुण्डाएर त्यसलाई नेपाल बनाउन राजनीति दलहरू लाग्दैनन् भने, हामीले यिनीहरूको मुख्यालय ध्वस्त गर्ने छौं ।’

उनले देशको सेनाले देशको सीमा रक्षा गरेन भने ग्रेटर नेपाल मुक्ति सेना घोषणा गर्ने भन्दै आक्रोश पोखे ।

अध्यक्ष ढकालले हरेक १८ वर्ष पुगेका नेपालीले सैनिक तालिम पाउनुपर्ने भन्दै आफ्नो मातृभूमिको रक्षा गर्न माग गरे ।

उनले भने, ‘देशको सेनाले देशको सीमा रक्षा गरेन भने अब हामीले ग्रेटर नेपाल मुक्ति सेना घोषणा गर्नुपर्ने दिन आउने छ भनेर सेनाको भेषमा उपस्थीत भएको हुँ । १८ वर्ष पुगेको हरेक नेपालीले सैनिक तालिम पाउनुपर्छ । र आफ्नो मातृभूमिको रक्षा गर्न अधिकार पाउनुपर्छ ।’

अहिलेको सरकारलाई भारतीय दलालको सरकारको संंग्या दिँदै उनले नेपाल भारत खुल्ला सिमानामा काँडे तार लगाउनुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा नायक नवल खड्का, तारा लुइँटेललगायतले राष्ट्रियताको सवालमा राज्यले खुट्टा कमाएको बताए ।

प्रतिक्रिया दिनुहोस