काठमाडौँ । दाङको शान्तिनगर गाउँपालिका-२ का वडा अध्यक्ष सुनिल वली पक्राउ परेका छन् ।
वडाध्यक्ष वलीलाई जिल्ला प्रहरी कार्यालय दाङको टोलीले आज पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए । पक्राउ परेका वडाध्यक्ष वलीमाथी कारबाही प्रक्रिया अगाडी बढेको प्रजिअ बैद्यले बताए ।
उनले प्रशासनसँग भने, ‘कुटपिट गरेपछि प्रशासनमा निवेदन आयो हामीले फरवार्ड गरेर आज प्रहरीले पक्राउ गरिसकेको छ र कारबाही प्रक्रिया अगाडी बढिसकेको छ ।’
वडाध्यक्ष वलीले हिजो (बिहीवार) दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काको कार्यकक्षमा शिक्षा अधिकृत सुमन पाण्डेलाई कुटपिट गर्दै कागजात च्यातेका थिए ।
सम्बन्धित समाचार : वडाध्यक्षले कार्यकक्षमै गरे शिक्षा अधिकृतमाथि कुटपिट
पक्राउ परेका वलीलाई जाहेरीका आधारमा आजै म्याद थप गरेर कानुनी कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।